Logo

डेढ सय वर्ष बाँचेका अजरबैजानी



अजरबैजान यस्तो एउटा प्रसिद्ध ठाँउ हो जहा सुन्दर बस्ती छन् । मानिसहरु स्वस्थ खानेकुरा खान्छन् र स्वच्छ हावापानीमा जिउँछन् । हाँसीखुशी बाँच्ने भएकाले त्यहाँका बासिन्दाहरुको आयु लामो हुन्छ ।

अजरबैजानमा १६८ वर्षसम्म मानिस बाँचेको विवरण छ । त्यतिबेला जन्मदर्ता गर्ने चलन नभएकाले यसलाई प्रमाणिक आधार मानिएको छैन । तर, पछिल्लो समय पनि एउटै वस्तीमा दर्जनौं मानिसहरु एक सय वर्ष कटेका छन् । उनीहरु अझै सक्रिय जीवन बाँचिरहेका छन् ।

उक्त स्थानमा लामो समयदेखि बाँचेको मानिसहरुको संग्राहालय समेत बनाएको छ । त्यस ठाँउमा न्यूनतम आयु सय वर्ष सम्म रहेको जनाइएको छ । पहाडी भेगका कारण त्यहाँका बासिन्दाहरु लामो समय सम्म बाच्ने गर्दछन् । प्रायः मानिसहरु भुईमा सुत्ने गर्दछन् । उनीहरुको अनुसार भुईमा सुत्यो भने शरीरलाई लामो समय सम्म फाइदा हुने जनाइएको छ । त्यहाँका बासिन्दाहरु ताजा किसिमको खाद्य पर्दाथ खाने गर्दछन् ।

त्यस भेगमा सबै भन्दा लामो समय बाँच्नेमा एक सय ६८ वर्ष सम्मको रेकर्ड छ। त्यस व्यक्तिको पासपोर्ट अनुसार उननको जन्म सन् १८०५ मा भएको थियो । तर, गे्रभस्टोनका अनुसार उनको मूत्यु सन् १९७३ मा भएको समे पुष्टि भएको समेत जनाइएको छ । उक्त व्यक्तिको आयु सबैभन्दा लामो रहेको जनाइएको छ । रुखमा फलेको फलहरु त्याँहाको बासिन्दाहरु खाने गर्दछ । त्यहाँका बासिन्दाहरु शारीरीक काममा बढी संलग्न हुने भएकाले पनि आयु लामो छ ।



प्रतिक्रिया दिनुहोस्