Logo

घुस लिएका पाँचजनामाथि अख्तियारको मुद्दा



काठमाडौ, २९ मंसिर । गोल्डेन लाइट ट्राभल्स एण्ड टुर्सका संचालक बिनोद कुमार भुजेल लगायत पाँच जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ । उनीहरुलाई पक्राउ गरी अनुसन्धानपछि विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भुजेललगायतले श्रम स्वीकृत लिन वैदेशिक रोजगार कार्यालय ताहाचल जाँदा विभिन्न वाहाना बनाई निवेदकसंग २२ हजार रुपैयाँ घुस माग गरेको भन्ने उजुरी माथि अनुसन्धान भएपछि पक्राउ गरिएको थियो । डाइरेक्टर भुजेल, बसन्त श्रेष्ठ, बुद्ध तामाङ, अजय नगर्जी परियार र प्रहरी जवान रमेश सिंह बिष्टमाथि छानविन गरेर कारबाही अघि बढाउन माग गरिएको थियो ।

पाँचै जनालाई जरिवाना र कैद सजायको मागदाबी सहित मुद्दा दायर गरिएको प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्