Logo

चक्कु प्रहार गरी छिमेकीको हत्या



रुपन्देही, २९ मंसिर । एक युवकले चक्कु प्रहार गरी छिमेकीको हत्या गरेका छन् । तिलोत्तमा नगरपालिका १० कान्छी बजारस्थित जग्गा प्लटिङ गरेको स्थानमा ५५ वर्षीया कमला देवी परियारको चक्कुले घाँटीमा प्रहार गरी हत्या भएको हो ।

हत्यामा संलग्न भएको अभियोगमा २७ वर्षीय बिकाश गुरुङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विकाशले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएकी कमलाको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा निधन भएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्