Logo

हिमाल आरोहण : जोखिम मात्रै होइन, सरकारको वेवास्ता पनि



काठमाण्डौ । पर्यटकीय भनौँ वा प्राकृतिक सुन्दरता । नेपालको विशेषता नै हिमाल हो । विश्वमा नै नेपाल एक उत्कृष्ठ पर्यटकीय गन्तव्यको रुपमा चिनिनुको कारण हिमालय श्रृखला मान्न सकिन्छ । नेपाल आउने लाखौँ विदेशी पर्यटकहरु हिमाल हेर्न रुचाउँछन् । हिम्मत हुनेहरु आरोहण नै गर्छन् । तर नेपालका हिमाल आरोहणका क्रममा हुने समस्याहरु भने समाधान हुन सकेको छैन ।

नेपाल हिमाल आरोहणका लागि विश्वमै उत्कृष्ट गन्तव्य हो । विश्वमा रहेका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये आधाभन्दा बढि त नेपालमै छन् । साना ठूला हिमाल त हजारौँ छन् । विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपालमै छ, जसले गर्दा नेपाललाई विश्वकै छानोसमेत मानिन्छ । वर्षेनी लाखौँ विदेशी पर्यटक नेपाल घुम्न आउँछन् ।

हिमाल आरोही सानु शेर्पा

नेपाल आउने पर्यटकहरु हिमाल अवलोकन मात्रै होइन, सकेसम्म आरोहण नै गर्न रुचाउँछन् । सगरमाथा आरोहण त झन सबैको सपना नै हो । तर कठीन हुने भएकाले सिमित पर्यटक मात्रै सफल हुन्छन् । सरकारले भने हिमाल आरोहणलाई व्यवस्थित बनाउन सकेको छैन । हिमाल आरोहण निकै जोखिमपूर्ण हुने भए पनि सरकारले यसलाई सुरक्षित र सहज बनाउन ध्यान नदिएको हिमाल आरोही सानु शेर्पाको गुनासो छ ।

नेपालको प्राकृतिक सम्पदा अध्ययन, अवलोकन र भ्रमण गर्दा जति मनोरन्जन प्राप्त हुन्छ, त्योभन्दा बढि कष्ट पनि हुन सक्छ । त्यसैले हिमाल आरोहणलाई मात्रै होइन, प्राकृतिक सम्पदाको भ्रमणलाई पनि सहज बनाउनका लागि सरकारले ध्यान दिनुपर्नेमा आरोहीले जोड दिएका छन् । हिमाल आरोहणलाई सहज नबनाउने हो भने नेपाल भ्रमण वर्ष २०२० मा विदेशी पर्यटकको संख्यामा समेत प्रभाव पर्न सक्ने अर्का आरोही बताउँछन् ।

नेपालको आरोहण क्षेत्रका लागि सरकारी नीति एउटै छ । आरोहीहरुका लागि कुनै सुविधा छैन । यो अवस्था रहिरहे नेपाली हिमाल आरोही पाउन मुस्किल पर्छ । किनकि, कुनै पनि आरोही शेर्पाले आफ्नो सन्तानलाई आरोही बन्नुपर्छ भन्दैन । यस क्षेत्रमा भएको असुरक्षाले नै यस्तो अवस्था सिर्जना गरेको हो । विश्व कीर्तिमानी आरोही साथै आरोहण पेशामा संलग्नहरु पेशा त्यागी विदेशिने क्रम बढ्दो छ । यो चिन्ता र चासोको विषय हो ।



प्रतिक्रिया दिनुहोस्