Logo

नेकपा स्थायी कमिटि बैठक सोमाबार पनि बस्ने



काठमाडौं, २९ मंसिर । एक वर्षको अन्तरालपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बसेको छ । आइतबार दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपस्थित भएनन् ।

करिब तीन घन्टा बसेर बैठक स्थगित भएको छ । सोममार ११ बजेदेखि बैठक फेरि सुरु हुने नेता भिम रावलले बताए । बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदन र बिधान संशोधन प्रस्ताव पेश गरेका थिए ।
बैठकका लागि आइतबार विहान बालुवाटारमा बसेको सचिवालय बैठकले पाँच वटा एजेन्डा तय गरेको थियो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शमा तयार पारेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीमा छलफल सुरु भएको छ। विधान संशोधन, केन्द्रीय किमिटी बैठक, नेपाल भारत सीमा विवाद र अन्य गरी पाँच वटा एजेन्डा सचिवालय बैठकले तय गरेका थियो । एक वर्षपछि नेकपाको स्थायी समिति बैठक बसेको हो ।



प्रतिक्रिया दिनुहोस्