Logo

जडिबुटी संकलन गर्न गएका वेपत्ता



काठमाडौं, २९ मंसिर । जुम्लामा जडिबुटी संकलन गर्न गएका १२ जना वेपत्ता भएका छन् । तिला गाउँपालिकाको शेरा फुलबारी पाटनमा जडिबुटी संकलन गर्न गएकाहरु वेपत्ता भएका हुन् ।

बिहिबार गएका उनी आइतबार सम्म फर्किएका छैनन् । बाक्लो हिमपातका कारण उनीहरुको उद्धार हुन सकेको छैन । सेतक चिनी, धुपी, पदमचाल जस्ता जडिबुटी खोज्न गएका उनीहरुको पहिचान भइसकको छ । वेपत्ता भएकाहरुमा छविराज बोहरा, धनबहादु बोहरा, सुमबहादुर बोहरा, कल्पना बोहरा, लाउरी बोहरा, रेश्मा बोहरा, मनमाया बोहरा, जंग रावन, नरवीर बोहरा, तुलु बोहरा, सूर्य रावत, ननिलाल रावत छन् । सबैजना एउटै गाउँका हुन् ।

पाटन पुग्न दुई दिन लाग्ने बुझिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले गृह मन्त्रालयलाई वेपत्ता भएकाहरुबारे जानकारी गराइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्