Logo

नेकपाको केन्द्रिय समिति बैठक माघको पहिलो साता, २०७७ को अन्त्यसम्म महाधिवेशन (कार्यक्रमसहित)



काठमाडौं, २९ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रिय समितिको बैठक आगामी माघको पहिलो साता गर्नेगरि प्रस्ताव गरिएको छ। अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले अघि सारेको प्रतिवेदनमा केन्द्रिय समितिको बैठक आउने माघको पहिलो हप्ता गर्ने भनिएको छ ।

पार्टीका आगामी कार्यक्रमका रुपरेखा नामको शीर्षकमा केन्द्रिय समितिको बैठकको मिति तय गरिएको छ । त्यस्तै, केन्द्रिय समितिको बैठकबाट तीन महिने ठोस कार्यक्रम निर्धारण गर्ने र सातवटै प्रदेशमा भेला, प्रशिक्षण तथा बैठकहरु गर्ने पनि जनाईएको छ ।

प्रतिवेदनमा भनिएको छ,”सबै प्रदेश, विभाग, जनवर्गीय संगठन र मोर्चाहरुलाई आ आफ्नो कार्यक्षेत्रभित्र तीन महिने कार्यक्रम बनाई संगठन विस्तार र सुदृढ गर्ने तथा जनसम्बन्ध विस्तार र सुदृढ गर्न ठोस कार्ययोजना बनाई कार्यान्वयन गर्ने ।”

त्यस्तै, फागुन र चैत्रमा सातवटै प्रदेशमा वृहत्त जनसभाको आयोजना गरिनेपनि प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै, २०७७ सालको अन्त्यसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने पनि उद्देश्य राखिएको छ । महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नेगरि पार्टी, विभाग र जनवर्गीय संगठन र अन्य सबै मोर्चाका कामहरुलाई व्यवस्थित् पार्न जोड दिनेपनि जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्