Logo

देउवा पेलेर जाने र पौडेल गलाउने रणनीतिमा



काठमाडौं ३० मंसिर । कांग्रेसका नेताहरु गुटगत बैठकमा व्यस्त भएका छन्। सभापति शेरबहाजदुर देउवा पेलेर जाने र बरिष्ठ नेता रामचन्द्र पौडेल गलाउने रणनीतिमा लागेपछि गुटगत कैठक बाक्लिएका हुन्। नेपाली कांग्रेसको आइतबार बसेको बैठक पनि रामचन्द्र पौडेल नेतृत्वको असन्तुष्ट समूहले बहिष्कार गरेको छ । महाधिवेशनको क्यालेण्डर, विभाग गठनलगायतका एजेन्डामा संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच सहमति नजुटेपछि पौडेल पक्षले बैठकमा भाग नलिने निर्णय गरेको हो।

पार्टी सभापति शेरबहादुर देउवाले आइतबार दिउँसो १ बजे बैठक बोलाएका थिए। तर असन्तुष्ट पक्षले बैठकमा सहभागी नहुने जानकारी दिएपछि बैठक अन्योलमा थियो । पौने ४ बजे सुरु भएको बैठक एक घण्टा बसेर स्थगित भयो । देउवा पक्ष अब पेलेर अघि बढ्ने रणनीतिमा देखिएको छ । चर्किएको आन्तरिक विवाद मिलाउन उपसभापति बिमलेन्द्र निधि र महामन्त्री डा।शंसाक कोइरालाले छलफल गरेका छन्।

कोइराला निवास महाराजगन्जमा आइतबार ११ बजे निधि र कोइरालाबीच छलफल भएको हो। बिहीबार बसेको केन्द्रीय समिति बैठक असन्तुष्ट पौडेल समूहको बहिस्कार गरेपछि पार्टीभित्र विवाद झन चर्किएको थियो। बहिष्कार भएपनि संस्थापन पक्षले बैठकमा प्रस्ताव पेश गरेपछि कांग्रेसभित्रको गुटगत विवादले अर्कै रुप लिएको थियो। संस्थापन पक्ष र अन्य समूह आ–आफ्नो आगामी रणनीति बनाउन शुक्रबारदेखि गुटगत बैठकमा व्यस्त भएका छन्। आज पनि बैठक बोलाइएको छ ।



प्रतिक्रिया दिनुहोस्