Logo

‘माग्नेबुढा’को बुवा र दिपकराजको पहिलो भेट



काठमाडौं – नेपाली हाँस्य कलाकार तथा अभिनेतासमेत रहेका केदार घिमिरे ‘माग्नेबुढा’ र हास्यकलाकार दिपकराज गिरीको जोडीलाई धेरैले मन पराउन्छन् । ‘रिल लाइफ’मा मात्र नभएर उनीहरु ‘रियल लाइफ’ मै एकअर्काका निकट मित्र मानिन्छन् ।

हाँस्यक्षेत्रमा धेरै कलाकार रहेपनी पछिल्लो समय उनीहरुद्वारा अभिनित चलचित्र सफल हुँदै आएका छन् । तर, यतिबेला दिपकले माग्नेबुढाका पितालाई भेटेको जानकारी गराएका छन् ।

उनले माग्नेबुढाका पितालाई भेट्न जिल्ला सदरमुकाम मकवानपुरबाट ३० किल्लोमिटर पर रहेको हात्तिसूंडे गाँउ पुगेको जानकारी गराएका छन् । उनले माग्नेबुढा भन्दा उनको बुवामा धेरै हसाँउन सक्ने कला रहेको समेत जानकारी गराएका छन् ।

आफ्ना नजिकका साथीको बुवालाई भेट्दा खुँसि लागेको भन्दै सामाजिक सञ्जालमा फोटो पोष्ट गरेका छन् । आफुले उनीबाट माग्नेबुढा भन्दा धेरै हसाँउन पाँउ भन्दै आर्शिवाद मागेको दिपकले लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्