Logo

कलाकारको निधनप्रति प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त



काठमाडौं, मंसिर ३० । प्रधानमन्त्री केपि शर्मा ओलीले बितेका दुई दिनमा देशले प्रतिभावान् दुई कलाकार गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् । सोमबार बिहान समाजिक सञ्जाल ट्विटर मार्फत दिवंगत केशव भट्टराई र दीपक क्षत्रीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दे उनले परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
‘बितेका दुई दिनमा हामीले प्रतिभावान् दुई कलाकार, केशव भट्टराई र दीपक क्षत्रीलाई गुमायौं । उहाँहरुको कला सधैं हाम्रो स्मृतिमा रहनेछ । हार्दिक श्रद्धाञ्जलि शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

 

दर्जनौं नेपाली फिल्ममा अभिनय गर्दे लामो समयदेखि नेपाली चलचित्रमा सक्रीय रहेका ५८ वर्षीय क्षेत्री गत शनिबार डिल्ली बजारस्थित आफ्नै निवासमा कोठाभित्र सुतेकै अवस्थामा मृत भेटिए थिए भने फिल्मकर्मी तथा चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको आइतबार राति अनामनगरस्थित घरबाट चाबहिलस्थित ओम अस्पताल लैजाँदै गर्दा निधन भएको हो ।



प्रतिक्रिया दिनुहोस्