Logo

चीनले आर्सेनलको खेल प्रसारण प्रतिबन्ध लगाएपछिको खेल



चीनले इंग्लिस फुटबल क्लब आर्सेनलको म्याच प्रत्यक्ष प्रसारणमा प्रतिबन्ध लगाएपछिको पहिलो खेलबारे धेरैको चासो थियो । आइतबार राति भएको खेलमा आर्सेनलले आफ्नै मैदानमा म्यानचेष्टर युनाइटेडसँग लज्जास्पद हार व्यहोर्यो ।

सिटीले आर्सेनलमाथि पहिलो हाफमै तीन गोल गर्यो । डि ब्रुनीले दुई र रहिम स्टरलिङले एक गोल गरी टोलीको जीत पक्का गरे । डि ब्रुनी ह्याट्रिकको सम्भावनाबाट भने पटक पटक असफल भए । उनको कडा प्रहार आर्सेनलका गोलकिपरले सानदार बचाऊ गरे । एउटा प्रहार पोष्टमा ठोक्किएर फर्कियो ।

आर्सेनलका खेलाडी ओजिलले चीनका अल्पसंख्यक इगुइर मुसलमानको अधिकारबारे प्रतिक्रिया दिएपछि चीनले आर्सेनलको म्याचमा प्रतिबन्ध लगाएको हो । ओजिलले इगुइरमाथि दमन भएको भन्दै मुसलमान देशहरु चुप लागेको ट्वीटर गरेका थिए । चीनमा फुटबल निकै लोकप्रीय छ । चीनमा मात्र इंग्लिस प्रिमियर लिग हेर्ने करोडौं दर्शक छन् । यसले आर्सेनललाई असर परेको छ ।

ओजिलले खेलमा आक्रो पनि देखाए । उनलाई ५९ औं मिनेटमा परिवर्तन गर्दा नजिकै राखिएको खेल सामाग्रीमा लात्ताले हाने । –एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्