Logo

सिड्नीमा नेपथ्य



सिड्नी,मंसिर ३०। नेपाली लोकरक ब्याण्ड नेपथ्यले शनिबार अस्ट्रेलियाको सिड्नीस्थित बिग टप अडिटोरियममा सांगीतिक प्रस्तुती दिएको छ। हाल अस्ट्रेलियाको सांगीतिक टूरमा रहेको नेपथ्यको कन्सर्टमा सहभागी हुन पुगेका दर्शकले बिग टप अडिटोरियम भरिभराउ थियो।

नेपथ्यको व्यवस्थापन गर्दै आएको नेपालयले सो कन्सर्टको दौरान अनलाइन टिकटलाई स्थापित गर्ने प्रयास गरिरहेको थियो। नेपालयले सिड्नीमा आयोजित नेपथ्यको कन्सर्टमा शतप्रतिशत टिकट अनलाइनबाट बिक्री भएर नयाँ रेकर्ड कायम गरेको दाबी गरेका छ।

यो कन्सर्टका साथ नेपथ्य अस्ट्रेलियाको व्यापारिक राजधानीमा छैठौं पटक सफलताका साथ प्रस्तुत भएको थियो। अष्ट्रेलियाभरमा सबैभन्दा बढी नेपाली बसोबास गर्ने सिड्नीमा नेपथ्यले सन् २००९ मा पहिलोपटक सांगीतिक प्रस्तुति दिएको थियो।



प्रतिक्रिया दिनुहोस्