Logo

प्रभावकारी बन्दै ‘म अघि बढ्छु’



काठमाडौँ, ३० मंसिर । किशोरकिशोरीलाई लक्षित गरी प्रदेश १ सरकारले सञ्चालन गरेको ‘म अघि बढ्छु’ कार्यक्रमले उदयपुरमा तीव्रता पाएको छ । १३ वर्षदेखि १९ वर्ष उमेर समूहका बालबालिकालाई सामाजिक आचारण र नैतिकवान बनाउने उद्देश्यले सञ्चालित यो कार्यक्रम जिल्लामा प्रभावकारी बन्दै गएको हो ।

जिल्लाव्यापी अभियान अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–५, जलजलेस्थित उदयसी इङ्लिस बोर्डिङ स्कुलमा आइतबार आयोजित कार्यक्रममा उदयपुरका प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्काले ‘म अघि बढ्छु’ अभियान मुख्यगरी किशोरकिशोरीलाई आचरणमा परिवर्तन, नैतिकवान बनाउने, समाजप्रति सकारात्मक बनाउने उद्देश्य रहेको बताए।
उनले भने– ‘यो अभियानले बढ्दो लागूऔषध दुव्र्यसनी, कुलत बाटो, कुसंस्कार, विकृति विसङ्तिबाट युवालाई बचाएको छ ।’
कार्यक्रममा अनुगमन समितिका सदस्य सचिव तथा जिल्ला शिक्षा एकाइ विकास शाखाका प्रमुख केदार गिरी, सदस्य तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढामगर लगायतले अभियान प्रभावकारी बन्दै
गएको बताए। जिल्लाका आठवटै स्थानीय तहमा कार्यक्रम पु¥याउन सके विद्यार्थीमा सकारात्मक प्रभाव पार्ने भन्दै अभियान अन्तर्गत विभिन्न विद्यालयमा गठित सगरमाथा टिन्स क्लव एसटीसीका विद्यार्थीले आआफ्नो समुदाय र सार्वजनिक कार्यक्रममा समेत सहभागिता जनाइरहेको मुख्य प्रशिक्षक तुलसी चौलागाईंले बताए।

‘आजका किशोर–किशोरी देशका कर्णधार, यिनीहरूको सक्षमता नै समुन्नतिको आधार’ भन्ने मूल नाराका साथ सुरु भएको कार्यक्रममा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई समेट्दै अभियान चलिरहेको छ । अभियानबाट प्रदेश १ का दुई हजारभन्दा बढी सामुदायिक तथा आवासीय विद्यालयका दुई लाखभन्दा बढी विद्यार्थी यसबाट प्रत्यक्ष लाभान्जित हुने दाबी गरिएको छ । उदयपुरमा १५० भन्दा बढी सरकारी तथा निजी विद्यालयमा सगरमाथा टिन्स क्लब गठन भइसकेको प्रमुख प्रशिक्षक चौलागाईंले जानकारी दिए।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्