Logo

कोठा न्याँनो बनाउन कोइला बालेर सुत्दा आमा छोराको मृत्यु



काठमाडौं, मंसिर ३०। कोठा न्यानो बनाउन कोइला बालेर सुतेका आमा छोरोको मृत्यु भएको छ । किर्तिपुरस्थित सुन्दरबस्तीका वराज रञ्जितकार आइतबार राती सुत्केरी श्रीमती शर्मिला रञ्जितकार र दुई महिने छोराको साथमा कोठामा कोइला बालेर सुतेका थिए ।

तर, सोमबार विहान छोरालाई दुध चुसाउन तथा तेल लगाउन श्रीमतीलाई उठाउन खोज्दा श्रीमती नबोलेपछि घटना हुन गएको प्रहरीले जनाएको छ । उनीहरु कोठामा हावा पास नहुने गरि झ्याल ढोका बन्द गरेर सुतेकाले अक्सिन अभावका कारण निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।



प्रतिक्रिया दिनुहोस्