Logo

सधै अधिग्रहणको किचलो



पोखरा, मंसिर ३० । कतैबाट अवरोध नआए सन् २०२१ को जुलाईमा यहाँ निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनेछ। त्यहीअनुसार भौतिक प्रगतिले गति पनि लिएको छ। अहिलेसम्म ५२ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले बताएको छ।

तीव्रगतिमा भौतिक पूर्वाधार निर्माण चलिरहँदा बेलाबेला जग्गा अधिग्रहणको योजनाले भने विमानस्थल विवादमा आउने गरेको छ। त्यसको पछिल्लो उदाहरण हो– यतिबेला १४८ रोपनी थप जग्गा अधिग्रहणको विवाद चर्कंदो छ। मंसिर पहिलो साता सरकारले विमानस्थललाई थप १४८ रोपनी जग्गा अधिग्रहणको स्वीकृति दिएपछि जग्गाधनी विरोधमा उत्रेका हुन्।

विमानस्थल बनाउन चाहिनेजति जग्गा एकैपटक अधिग्रहण नगरेर बारम्बार स्थानीयलाई दुःख दिने गरेको भन्दै अधिग्रहणप्रति जग्गाधनी असन्तुष्ट छन्। यसअघि पनि विमानस्थलका लागि जग्गा अधिग्रहण गर्दा यस्तै विवाद निम्तिएको थियो। विमानस्थलका लागि अहिलेसम्म सातौंपटक जग्गा अधिग्रहण गर्ने तयारीमा आयोजना छ। पटके अधिग्रहणले जग्गाधनी मर्कामा परेको भन्दै बिहीबार स्थानीयले पत्रकार सम्मेलन गरेर विरोध जनाएको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्