Logo

चीनबाट पाँच महिनामा सवा आठ लाख केजी प्याज आयात



रसुवा,मंसिर ३० । रसुवागढी नाकाबाट प्याज आयात बढेको छ। भारतबाट प्याज आयात रोकिएपछि गएको असोजदेखि चीनबाट प्याज आयात सुरु भएको हो। यसअघि यो नाकाबाट थोरै परिमाणमा आउने गरेको भए पनि पछिल्लो समय प्याज आयात बढ्दै गएको रसुवागढी भन्सार कार्यालय रसुवाले जनाएको छ।

कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७६र७७ को पाँच महिनामा आठ लाख २३ हजार एक सय ९० केजी प्याज आयात भएको छ। साउनदेखि मंसिर २८ गतेसम्मको तथ्यांक अनुसार चार करोड २२ लाख ६५ हजार पाँच सय ३७ रुपैयाँ मूल्य बराबरको प्याज आएको हो



प्रतिक्रिया दिनुहोस्