Logo

जनकपुरमा बम भेटियो



काठमाडौं, मंसिर ३०। जनकपुरधामको दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका ९ संकटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोको छेउमा कुकर बम जस्तै देखिने शंकास्पद वस्तु राति फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीय एक पसलेको पर्खालमा झोलामा राखेर राखिएको शंकास्पद वस्तु बम हुन सक्ने प्रहरीको आशंका रहेको छ । अहिले प्रहरी त्यहाँ घेरा हालेर आवत जावतमा रोक लगाएको छ । कुकर जस्तो देखिएकाले बमकै अशंका गरेर त्यहाँ आवत जावतमा रोक लगाइएको प्रहरीले जनाएको छ । सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थलमा पुगिसकेको पनि प्रहरीले जानकारी गराएको छ ।



प्रतिक्रिया दिनुहोस्