Logo

मिस वर्ल्ड २०१९ टोनीको पहिलो ट्विट



लन्डन, मंसिर ३० । यसवर्षको मिस वर्ल्डको ताज जमैकाकी टोनी एन सिंहले जितेकी छन्। शनिबार लन्डनको एक्सेलमा आयोजित मिस वल्र्ड २०१९ को फाइनलमा गत वर्षकी मिस वर्ल्ड भनिसा पोन्सले उनलाई आफ्नो ताज पहिराइ दिएकी थिइन्।

प्रतियोगितामा एक सय १० देशकी प्रतियोगीहरुलाई पछि पार्दै फ्लोरिडा स्टेट विश्वविद्यालयबाट महिला अध्ययन र मनोविज्ञान अध्ययन पूरा गरेकी २३ वर्षीय टोनीले मिस वल्र्डको ताज जितेकी थिइन्। जमैकाबाट मिस वल्र्डको उपाधी जित्ने उनी चौथौं सुन्दरी हुन्। प्रतियोगितामा उनले मिस ट्यालेन्टको उपाधी समेत जितेकी थिइन्।

‘सेन्ट थोमस, जमैका र संसारभरकी सबैलाई केटी र युवतीहरूका आफूमा विश्वास गर्न आग्रह गर्दछु। हामी आफ्नो सपना पूरा गर्न सक्षम र योग्य छौं। यो ताज मेरोमात्र होइन तपाईको पनि हो। कारण तपाईसँग उद्देश्य छ,’ मिस वल्र्ड टोनीले ट्वीट गरेकी छन्।



प्रतिक्रिया दिनुहोस्