Logo

फोटो पत्रकार महासङ्घ इलामको अध्यक्षमा राजेश



३० मङ्सिर : फोटो पत्रकार महासङ्घ इलामको अध्यक्षमा राजेश पराजुली चयन भएका छन् । इलाम सदरमुकाममा आइतबार भएको पहिलो अधिवेशनबाट अध्यक्षसहित सबै पदाधिकारी सर्वसम्मत चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा हरि गुरुङ, सचिवमा गोपाल दाहाल, कोषाध्यक्षमा प्रदीप खड्का र सचिवमा सुनिता राई चयन भएका छन् । त्यस्तै सदस्यहरुमा टीका खतिवडा, सविता पाण्डे, किरण पौडेल, विनय तिमल्सिना, कृष्ण पाठक र प्रज्वल भट्टराई चयन भएका छन् ।

त्यस्तै महाधिवेशन प्रतिनिधिमा सुदीप श्रेष्ठ र प्रदेश प्रतिनिधिमा नमिन ढकाल चयन भएका छन् । यसअघिको तदर्थ समितिलाई विघटन गर्दै नयाँ समिति गठन गरिएको हो । नयाँ कार्य समितिलाई जुझारु र सशक्त बनाउने तथा सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आफूहरुले फोटोको माध्यमबाट रचानात्मक सहयोग गर्ने नवनिर्वाचित अध्यक्षले बताए । उनले सबैलाई समेटेर अघि बढ्ने समेत बताए ।रासस



प्रतिक्रिया दिनुहोस्