Logo

देउवा-पौडेल विवाद मिलाउन चाक्सीबारीमा नेताहरुबीच छलफल



काठमाडौं, ३० मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक आज दिउँसो बस्दैछ । तर, पार्टीभित्र अझैपनि सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति भएको छैन् । बैठकको मुख्य एजेण्डा नै महाधिवेशनसम्बन्धी एजेण्डा तय गर्नुपर्ने पौडेलको माग छ ।

हुन त यो बीचमा दुवै समूहबाट आन्तरिक समस्या समाधानका लागि दोस्रो तहका नेताहरुबीच छलफल भैरहेको छ । बैठक बस्नुअघि पौडेल समूहका नेता प्रकाशमान सिंहको निवास चाक्सीबारी ठमेलमा उनीहरुबीच छलफल भएको थियो । छलफलमा उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु हृदयराम थानी र दिलेन्द्र प्रसाद बडु सहभागी थिए ।

तस्विर : यु.पी. लामिछानेको फेशबुकमा



प्रतिक्रिया दिनुहोस्