Logo

‘नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी विद्येयक स्वीकार्य हुँदैन्’



काठमाडौं, ३० मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदमा सरकारले हालै दर्ता गरेको ‘नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ स्वीकार्य नहुने बताएको छ। आज (सोमबार) कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति निकालेर उक्त विधेयक फिर्ता लिन माग गरेका छन्।

विधेयकमा संविधानको मौलिक हकले प्रदान गरेको नागरिकको स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने, नागरिकका हरेक सूचना चुहावट हुने, गोपनियता भंग हुने र स्वतन्त्रतालाई समाप्त गर्ने प्रावधान राखी संविधान प्रतिकूल ऐन बनाउने कार्य भएकोले त्यो स्वीकार्य नहुने कांग्रेसले उल्लेख गरेको हो।

(विज्ञप्तीसहित)

 



प्रतिक्रिया दिनुहोस्