Logo

लालु यादव पत्नीमाथि बुहारीलाई घिसार्दै घरबाट निकालेको आरोप



विहारकी पूर्व मुख्यमन्त्री रावडी देवीमाथि बुहारी ऐश्वर्या रोयलाई कपाल समातेर घिसार्दै घरबाट निकालेको आरोप लागेको छ । ऐश्वर्याले सासु रावडीले आफूमाथि र्दुव्यवहार गरेको आरोप लगाउँदै उजूरी गरेकी छिन् ।

लालु यादव र रावडी देवीका छोरा तेजप्रताप यादवसँग २०१८ को मे महिनामा तामझामका साथ विवाह गरेकी ऐश्वर्याले छ महिना अघि अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी थिइन् । उच्च शिक्षा हासिल गरेकी उच्च घराँनियाकी ऐश्वर्याले पति तेजप्रताप लागूऔषधको र्दुव्यसनी भएको र अस्वाभाविक व्यवहार गर्ने गरेको खुलासा समेत गरेकी थिइन् ।

ऐश्वर्याले सासु रावडी देवीले आफूमाथि र्दुव्यवहार गरेको दृश्य मोबाइलमा कैद गरेपछि त्यसलाई खोसेको समेत बताएकी छिन् । घरबाट निकाल्नु अघि घुँडा र खुट्टामा लात्ताले हानेको भन्दै उजूरी समेत गरेकी छिन् । ऐश्वर्या लालुप्रसादको घर अगाडि बसेर आइतबार साँझ रुँदै धर्ना कसेकी थिइन् ।

छोरी मुख्य सडकमा धर्ना कसेर रुन थालेपछि राष्ट्रिय जनता दलका सांसद समेत रहेका ऐश्वर्याका पिता चन्द्रिका रोय लालुको घर अगाडि पुगेका थिए । चन्द्रिकाल लालु यादव र परिवारलाई आफ्नो हैसियत देखाइदिने धम्की समेत दिएका छन् ।

ऐश्वर्याले घरबाट निकाल्नु अघि आफूलाई सल र जुत्ता समेत लगाउन नदिएको बताएकी छिन् । उनले आफूमाथि र्दुव्यवहार गरेकोले सजाय दिलाएरै छाड्ने दृढता व्यक्त गरेकी छिन् । ऐश्वर्याका हजुरबाबु छोटो समयका लागि विहारका मुख्यमन्त्री समेत भएका थिए । दुवै परिवारबीच सहमतिमा तेजप्रतापसँग ऐश्वर्याको विवाह भएको थियो ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्