Logo

नवगठित सत्य विश्व भूमी पार्टी नेपालद्वारा १२१ हप्ते मठ-मन्दिर सरसफाई गर्ने घोषणा



काठमाडौं, ३० मंसिर । नवगठित सत्य विश्व भूमी पार्टी नेपालले आउने पुसको पहिलो हप्ताबाट १ सय २१ हप्तासम्म विभिन्न मठ, मन्दिरको सरसफाई गर्ने घोषणा गरेको छ । पार्टीका अध्यक्ष होम बहादुर कार्की (विश्व भक्त) ले आउने पुषको ५ गतेबाट सरसफाई अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।

उनकाअनुसार उक्त सरसफाई कार्यक्रम भक्तपुरको सुर्यविनायक गणेश मन्दिरबाट सुरु हुनेछ । सफाई अभियानमा धर्मप्रति आस्थावान भक्तालुहरुको पनि उपस्थिति हुनेछ ।

अध्यक्ष कार्कीले उक्त सरसफाई अभियान हरेक हप्ताको शनिबार विहान ७ बजेबाट सुरु हुने पनि जानकारी दिए । उक्त सरसफाई अभियानमा सहभागी हुन चाहनेहरुले ९८२३–६२२३२५ मोवाईल नम्बरमा सम्पर्क गर्न सकिनेपनि जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्