Logo

त्रिभुवन आर्मी क्लबको विजयी यात्रा सुरु, फ्रेण्ड्स क्लब २-१ ले पराजित



काठमाडौं, ३० मंसिर । विभागी टोली त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन नवयुग श्रेष्ठ र दिनेश हेम्जनले एक एक गोल गरे । फ्रेन्ड्सका शक्ति राईले एक गोल फर्काए । आर्मीले खेलको तेस्रो मिनेटमै नवयुगको गोलबाट अग्रता बनाएको थियो । खेलको ५० औं मिनेटमा शक्तिले गोल गर्दै फ्रेन्ड्सलाई खेलमा फर्काए । उनले आर्मीका गोलरक्षक र एक डिफेन्डरलाई बिट गर्दै गोल गरे ।

तर, ८१ औं मिनेटमा दिनेशले गोल गर्दै आर्मीलाई २(१ को जित दिलाए । यू-१९ टिमका सदस्य समेत रहेका दिनेशले कप्तान भरत खवासले कर्नर मार्फत मिलाएको बललाई डिबक्स भित्रबाट जाली चुमाए । जितसँगै आर्मीले पहिलो खेलमै ३ अंक जोडेको छ । गत सिजन आर्मीले फ्रेन्ड्ससँग गोलरहित बराबरी खेलेको थियो । file photo/source: social media



प्रतिक्रिया दिनुहोस्