Logo

‘सरकारलाई सडक र्दुघटनाको वास्ता छैन’



काठमाडौं, ३० मंसिर । देशमा एकपछि अर्को सडक र्दुघटनाका घटना घटिरहेका छन् । र्दुघटना हुने फेरि बिर्सने फेरि हुने क्रम चल्दा पनि सरकारले गम्भीरतापूर्वक कदम चाल्न सकेको छैन । यसै सेरोफेरोमा यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्याक्ष विजय स्वाँरसँग ऋषि धमलाले गरेको कुराकानीः
सडक र्दुघटना किन ह्वात्तै बढेको छ ?
अहिलेको परिस्थितिलाई हेर्दा हिजोको र्दुघटनालाई औल्याउन खोजिएको जस्तो छ । धार्मिक कार्यक्रममा रिजर्भ गएको गाडी फर्किने क्रममा वर्षा र हिउँपरेको, बाटो पनि अति भिरालो भएको कारणले चिप्लिएर र्दुघटना भएको हो । जुन कारणले भएपनि यस्तो र्दुघटनाहरु धेरै भएका छन् । सरकारी निकायबाट त्यसको सत्य, तथ्य खोज्ने कुनै काम भएन, यो अत्यन्तै दुखद् पक्ष हो ।
यातायात व्यवसायी महासंघले पनि किन सरकारलाई दबाब दिएन ?
हामीले विभिन्न मिडियामार्पmत पटक–पटक सरकारलाई भनेका छौं । त्यति धेरै मान्छेहरुको ज्यान गएको छ । जे–जस्तो भएन पनि कम्तिमा एउटा छानविन आयोग गठन हुनुप¥यो नि । प्लेन र्दुघटना हुँदा ठूला–ठूला आयोग बन्ने सडक र्दुघटनाको वास्तै छैन । अनि अन्तिममा चालकको लापरवाही भन्ने र टालटुल गर्ने परिपाटी छ, यसलाई बन्द गरिनुपर्छ । सबै मिलेर यस्ता घटनाको न्यूनिकरणका लागि लाग्नुपर्छ । सडकको अवस्थालाई पनि सरकारले विचार पुर्याउनुपर्छ । पछिल्लो समय सडक फर्निसिङ इन्जिनियरिङको पाटो असाध्य कमजोर छ ।
हिजो सिन्धुपाल्चोकको र्दुघटना त चालककै लापरबाहीले भएको भनिएको छ नि ?
त्यो चालकको लापरबाहीभन्दा पनि मौसमको कारणले हो । बाटो पनि ठाडो अनि पानी परेकाले ब्रेक लगाउँदा पनि नलागेको हो । चिप्लिएरै त्यो गाडी र्दुघटना भएको हो ।
१५ जनाको ज्यान गएयो, १७ घाइते छन् यसमा सम्बन्धित पक्षत गम्भीर देखिएन नि ?
यो विषयमा मुख्य कुरा राज्य गम्भीर भएर लाग्नुपर्छ । तुरुन्त एउटा आयोग गठन गरेर यसमा को दोषी हो ? त्यो पत्ता लाग्नुपर्यो नि ? मापदण्ड अनुसारको सडक बनाइएको होइन भने त्यसलाई कारबाही गर्नुपर्यो । चालक दोषी हो भने उसलाई कडा कारबाही हुनुपर्यो । कसैले पनि आफ्नो ज्यान त्यसै फाल्न चाहँदैन । जस्तो खालको दूर्घटनामा पनि खाली चालकलाई दोष दिएर उम्किने काम आजदेखि बन्द गर्नुपर्यो ।
मापदण्ड अनुसार उपयुक्त सवारी साधन नभएर हो त ?
त्यो पनि होइन, अहिले पहिलाको जस्तो मापदण्ड नाघिसकेका गाडीहरु छैनन् । यसमा चाहीं खाली सम्बन्धित पक्ष उम्किने बाटो मात्रै हो । जस्तो कारणले दूर्घटना भएपनि चालकलाई दोषी देखाइदिने अनि उम्किने भएको छ । अब त्यसरी उम्किने बाटो खोज्ने होइन । जो–जो सरोकारवाला निकाय हामी छौं । एकठाउँमा बसौं । गाडी आयातको पनि एउटा नीति बनाउनुपर्यो । यसमा नियमन गर्ने धेरै उपयहरु छन् । दुरी हेरेर दुईवटा चालकको कुरा छ, ओभर लोडिङको कुरा छ । यात्रुहरुलाई करलाग्दीका कुराहरु छन् । एृउटा एक इभेन्टमा एउटा ज्यान जोगाउँछ । तर, एउटा चालकले एक इभेन्टमा सयौं जनाको ज्यान हातमा लिएर हिँडेको हुन्छ । त्यत्रो जिम्मेवारी भएको मान्छेलाई कसरी मर्यादित बनाउने, कसरी टेक्निकली प्रोफेसनल बनाउने भन्नेतिर पनि ध्यान दिनुपर्छ ।
चालकलाई ठाउँ, बाटो र अवस्थाअनुसार कसरी दक्ष बनाउने भनेर किन लाग्नुहुन्न ?
यस विषयमा हामीले पटक–पटक सरकारलाई भनेका छौं । जसरी ‘परम्परागत मोडालिटीमा सार्वजनिक यातायात जसरी चलिआएको छ, यसलार्इृ परिवर्तन गर्नुपर्छ’ भनेर हामीले बारम्बार भनिरहेका छौं । हामीले आजभन्दा १० वर्ष अगाडि नै भनेका लाइसेन्स सिस्टममा लगेर व्यवस्थित गर्नुपर्छ भनेर । यातायात व्यवस्था विभागलाई प्राधिकरणमा रुपान्तरण गरेर वर्गिकरण गरौं भनेको हो । यसमा हामी कति लाग्यौं त्यो आफ्नो ठाउँमा छ । यो कार्यकाल अझ सिन्डिकेटलगायतका झमेलामै बित्यो । अब सरकारले यसलाई नीति र प्रविधिमा कसरी लाने भनेर सोच्नु जरुरी छ ।
सडक र्दुघटना त घट्नुपर्यो नि ?
सडक र्दुघटनालाई न्यूनिकरण गर्न सडक बनाउँदै विशेष ध्यान दिनुपर्छ । सडक बनिसकेपछि त्यो सडकमा कस्ता यातायात मात्रै गुडाउन पाइन्छ, त्यसको पनि मापदण्ड तोकिनुपर्छ । हाम्रो सडक नीति नै दोषी छ ।
चालकका कारणले सडक र्दुघटना गरायो भने सजाय कति भोग्ने ?
सडक र्दुघटना हुँदा जहिले पनि हामी चालकलाई तल्लोस्तरमा राखेर कुरा गर्छौ, त्यो होइन । कति र्दुघटनामा चालककै मृत्यु भएको छ । त्यसैले उनीहरुलाई मात्रै दोषी दिएर हुँदैन । उनीहरुलाई ज्यानको माया हुँदैन र ? पहिला त र्दुघटना के कारणले भएको त्यो पत्ता लगाउनुपर्यो नि ।
तर, हिजो र्दुघटना त चालकको कारणले भनिएको छ नि, उनी सम्पर्कविहिन छन् नि ?
त्यो चालकको कारणले हुँदै होइन । त्यो नितान्त प्राकृतिक कारणले भएको हो । पानी र हिउँ परेको र बाटो पनि भिरालो भएको कारण नै मुख्य हो । हाम्रा पहाड भेगका सडकहरु मापदण्ड अनुसार छन् कि छैनन्, त्यसको अनुसन्धान कस्ले गर्ने ? । त्यतातिर ध्यान दिउँन एक पटक अनि कारण पत्ता लाग्छ ।
हिजो त पत्ता भाँचिएको गाडी जबर्जस्ती चलाउँदा र्दुघटना भएको हो नि ?
त्यो हुँदैहोइन । ओरालो र पानी र हिउँ परेका कारणले गाडी चिप्लिएर कन्ट्रोल बाहिर गएर खसेको हो । त्यसको लागि आधिकारिक इन्भेष्टिगेसन गरौं न । यसको लागि एउटा निश्पक्ष छानविन कमिटी बनाउ त्यसमा सम्बन्धित निकाय र मजदुरलाई पनि राखेर छानविन गरौं ।
यातायात र्दुघटनालाई रोक्न छानविन कमिटी बनाउनुपर्छ हो ?
हो, छानविन कमिटी बनाउनुपर्छ । त्यसको आधारिक जिम्मेवारी सरकार र सम्बन्धित निकायले लिनुपर्छ ।
त्यसमा सरकारले नै ध्यान दिनुपर्ने हो ?
हो, यसमा सरकारले अत्यन्तै ध्यान दिनुपर्छ । मानिसको जीवनसँग जोडिएकाले सरकारले गम्भीर भएर सोच्ने बेला भएको छ ।
सडक र्दुघटनालाई रोक्न के के गर्नुपर्छ ?
सडक सुरक्षित बनाउन सबैभन्दा पहिला चालकलाई व्यवसायिक र दक्ष बनाउनुपर्छ । अर्को पब्लिकलाई पनि सुसुचित गराउनुपर्छ, जसमा आफ्नो छरछिमेकमा कस्तो मापदण्डको बाटो बनिरहेको छ भनेर हेर्ने र खोजी गर्ने गरी । तेस्रो हाम्रो भौगोलिक अवस्था अनुसार अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बाटो बनेको छ कि छैन त्यसमा ध्यान दिनुपर्छ । खाली विकासको नाममा जथाभावी खनेर गाडी कुदाउँनु भएन । अर्को भनेको तपार्इं हामी सबै मिलेर सशक्त सडक कानुन बनाएर लागु गर्नुपर्छ । त्यसपछि घट्ना भएपछि उपचार कसरी गरिन्छ ? कस्ले गर्ने कहाँ गर्ने भन्ने पनि एकिन हुनुपर्छ । हाम्रा धेरै जसो र्दुघटनाहरु पहाडी क्षेत्रमा हुने भएकाले उद्दारको लागि कुन साधान प्रयोग गर्ने त्यसको पनि एकिन हुनुपर्छ । छिटो उद्दार र उपचार हुँदा धेरैले ज्यान गुमाउन वाध्य हुनुपर्दैन । त्यसको लागि प्रहरी, आर्मी, कसलाई जिम्मा दिने हो कि, जनप्रतिनिधिलाई दिने हो कि सरकारले पनि आफ्ना नागरिकप्रति जिम्मेवार बन्नुपर्छ । यो सबैको साझा समस्या भएकाले यातायात व्यवसायी मात्रै होइन, सबै क्षेत्रका सम्बन्धित निकाय नागरिकले ध्यानपर्छ ।

File Photo



प्रतिक्रिया दिनुहोस्