Logo

नेकपा स्थायी समिति बैठक सम्पन्न, १२ जनाले प्रतिवेदनमाथि आफ्नो धारणा राखे



काठमाडौं, ३० मंसिर । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समितिको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले ल्याएको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ । आजको बैठकमा १२ जना सदस्यले उक्त राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राखेका छन्।

सोमबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकमा पार्टीको एकता महाधिवेशन अर्को वर्षभित्र गरिसक्ने सहमति भएको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको महाधिवेशन २०७७ सालको चैत्रसम्म गरिसक्ने सहमति भएको स्पष्ट पारे ।

उनकाअनुसार बैठकमा प्रत्येक वक्तालाई आफ्नो धारणा राख्नको लागि २०–२० मिनेटको समय दिइएको थियो। स्थायी समितिको अर्को बैठक भोलि विहान ११ बजे पूनः बस्नेछ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्