Logo

मानिस झै बोल्ने व्हेल



आजसम्म हामीले मानिस मात्र बोलेको देखेका सुनेका छौ । तर यहाँ जनावर पनि बोलेको सुन्न पाइन्छ । सबैभन्दा पहिला जनावर बोल्नेमा स्तनधारी जीव व्हेल को नाम आउछ । निलो व्हेल मानिस जस्तो गरेर बोल्न सक्छ । यो मानिस जसरी हास्न र जिस्कन पनि सक्छ । वैज्ञानिकहरुले एउटा किलर व्हेललाई ट्रेनिङ दिएका थिए । उस्ले मानिसले जस्तो बोल्छ उस्तै नक्कल गर्न नि सक्छ ।

मानिसको नक्कल गर्ने

माछा किलर व्हेलको नाम ‘विकी’ हो , व्हेल १६ वर्षको भयो । यो मानिसको आवाजमा बोल्छ । विकी व्हेल फार्ममा अक्वेरियम राखेको माछा हो उसलाई मानिसको भाषामा तालिम दिइयो । यसले हेलो, हाई, बाईबाई जस्ता शब्द दोहोरो जवाफ दिन्छ । व्हेल बोल्दा हात्तीको जस्तो ध्वनि निकाल्छ । अहिले मानिस जुन तरिकाले बोल्छ यही तरिकाले व्हेल बोल्छ ।

आवाज निकाल्ने समयमा किलर व्हेल शरीरको धेरै भाग पानीमा डुबाउँछ र बाँकी भाग बाहिर निकालेर सास फेर्छ । व्हेल बोलेको भिडियो बनाएको छ । जसमा हेलो, हाई, बाईबाई स्पष्ट सुनिएको छ ।



प्रतिक्रिया दिनुहोस्