Logo

मिर्गौला रोग कारण र रोकथाम



आजभोली नेपालमा मात्र नभएर विश्वमा नै मिर्गौला रोगीको सख्या बढ्दै गएको छ । बदलिँदो जीवनशैली,खानपान,मोटोपनले गर्दा पछिल्लो समय युवा,बुद्धा,बालबालिका सबै उमेर समुहमा मिर्गौलाको समस्या देखिएको छ ।

मानव शरीरमा मिर्गौला दुईवटा हुन्छन् । यो शरीरको निकै महत्वपुर्ण अंग हो । यदी मिर्गौलाले सहि काम गरेन भने मिर्गौलामा त रोग लाग्छ नै अन्य अंगमा पनि गम्भीर प्रकृतिको रोग लाग्न सक्छ । यसकारण मिर्गौला स्वस्थ राख्नमा सचेत हुनुपर्छ ।

मिर्गौलाले शरीर भित्र पसेको कुरा जसको काम हुदैन त्यसलाई बाहिर फाल्ने काम गर्छ । पिसाबमा भएको फोहोरलाई बाहिर फाल्छ । पानीको मात्रा शरीरमा कायम गर्छ । यसले रेनिन नामको इन्जाइम उत्पादन गर्ने हुनाले उच्च रक्तचापबाट बचाउनुका साथै हड्डी बलियो बनाएर रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ ।

मिर्गौला बिग्रने कारण

  • वंशाणुगत
  • धुम्रपान मध्यपान
  • गर्मीमा धेरै काम गर्नु
  • पेनकिलरको धेरै प्रयोग
  • पानीको कमी
  • उच्च रक्तचाप र मधुमेह को समस्या
  • ५० भन्दा माथी उमेर बढी भएमा
  • तौल बढी भएमा

लक्षण

  • हात खुट्टा सुनिने
  • भोक नलाग्ने वा धेरै लाग्ने
  • वाक्वाकी लाग्ने
  • चक्कर लाग्ने
  • रक्तअल्पता हुने
  • मुख सुख्खा हुने
  • पिसाब छिटोछिटो लाग्ने
  • पिसाब धमिलो तथा फीज आउने
  • अन्य रोगको उपचारमा औषधीले काम नगर्नु

रोकथाम

  • मिर्गौलाको नियमित परिक्षण गर्ने
  • स्वच्छ पानी प्रशस्त पिउने
  • सक्रिय जीवन अपनाउने
  • नियमित व्यायम गर्ने
  • बालबालिकालाई ज्वरो आउदा प्रत्येक पटक पिसाब परिक्षण गराउने ।
  • नियमित रक्तचापको परिक्षण गर्ने
  • प्रशस्त झोलीलो खानेकुरा खाने


प्रतिक्रिया दिनुहोस्