Logo

च्याम्पियन्स लिगमा म्यानचेष्टर सिटी र रियल मेड्रिडबीच भेट



च्याम्पियन्स लिग फुटबलमा म्यानचेष्टर सिटीको भेट रियल मेड्रिडसँग हुने भएको छ । सोमबार भएको ड्रमा सिटीको भेट रियलसँग पक्का भएको हो । अन्तिम १६ मा साविक विजेता लिभरपुलले स्पेनिस क्लब एथलेटिको मेड्रिडसँग खेल्नेछ ।

इंग्लिस क्लब चेल्सीको भिडन्त जर्मन क्लब बायर्न म्युनिखसँग हुनेछ । यसैगरी, टोटनहेमको भेट अर्को जर्मन क्लब आरबी लिपजिगसँग हुनेछ ।

यसपटक च्याम्पियन्स लिगमा चारवटै इंग्लिस क्लबले अन्तिम १६ मा स्थान पक्का गरेका छन् । फान्सेली टिम पेरिस सेन्ट जर्मनले बोरुसिया डर्टमन्डसँग खेल्नेछ । बार्सिलोनाले इटालियन क्लब नेपोलीसँग खेल्नेछ ।

च्याम्पियन्स लिगको फाइनल ३० मेमा टर्कीको इस्तानबुलमा हुने पक्का भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्