Logo

नेकपा र अमेरिकाबीच सम्बन्ध बिग्रिने खतरा



हिन्द प्रशान्त रणनीतिमा सामेल नहुन नेकपा बैठकमा माग

काठमाडौं, ३० मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा अमेरिकी सरकारको ‘मिलेलियम च्यालेन्स कोअपरेसन” र हिन्द प्रशान्त रणनीतिमा नेपाल सामेल हुन नहुनेमा जोड दिइएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने क्रममा नेताहरु भीमबहादुर रावल, देवप्रसाद गुरुङलगायतले त्यस्तो रणनीतिमा नेपालको सहभागिता रहेमा नेपालको स्वतन्त्र परराष्ट्र नीतिको प्रतिकूल हुने जनाएका हुन् ।

नेता गुरुङले त्यस प्रकारको नीतिमा सामेल हुनुअघि वा संसद्मा त्यसबारे प्रस्ताव लानुअघि पार्टी र सरकारमा राम्रोसँग छलफल हुनुपर्नेमा जोड दिएको बताए । गुरुङले यसअघि पनि पत्रकार ऋषि धमलासँगको एक अन्तर्वार्तामा उनले अमेरिकाको उक्त ईण्डो प्यासिफिक स्टाटेजीबारे कडा अभिव्यक्ति दिएका थिए ।

अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलाको कदमबारे विज्ञप्ती निकालेर अमेरिकाको विरोध गरेका थिए । त्यतिवेला पनि अमेरिकाले नेपाल सरकारसँग स्पष्टीकरण मागेको थियो । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा रहेको बेला अध्यक्ष दाहालले विज्ञप्ती निकालेर भेनेजुएला प्रकरणमा अमेरिकाको कदमको निन्दा गरेका थिए ।

नेकपाभित्र पनि अध्यक्ष ओली पक्षीय नेताहरु अमेरिकाको पक्षमा उभिएका छन् भने अर्का अध्यक्ष दाहाल पक्षधर नेताहरु भने अमेरिकी कदमको कडा निन्दा गर्दै आएका छन् । यही तवरले नेकपाभित्र बहस र विवाद जारी राखे नेकपा र अमेरिकाबीच सम्बन्ध बिग्रिने खतरा पनि हुनसक्छ ।

‛अमेरिकी रणनीति’ को देव गुरुङले खुलासा गरेपछि सरकार अप्ठ्यारोमा



प्रतिक्रिया दिनुहोस्