Logo

प्रदेश ५ को नाम लुम्बिनी



बुटवल, पुस १ । प्रदेश ५ को नामाकरण र राजधानी निर्धारण गर्न सुझाव दिन गठित विशेष समितिले अपूर्ण प्रतिवेदन बुझाएको छ। समितिका सभापति दीपेन्द्रकुमार पुनले सोमबार प्रदेशसभा सचिवालयमा प्रतिवेदन बुझाएका हुन्।

०७५ साउनमा गठन भएको समितिले म्याद सकिने दिन प्रतिवेदन बुझाएको हो। तर प्रतिवेदन पूर्ण छैन। म्याद थप्दा आलोचना हुने भएपछि अपूर्ण प्रतिवेदन सचिवालयमा दर्ता भएको हो।

समिति सभापति पुनले प्रतिवेदन सचिवालयमा बुझाए पनि अन्य सदस्यलाई पत्तो छैन। समिति सदस्य निर्मला क्षेत्रीले आफूलाई प्रतिवेदन बुझाएको विषयमा जानकारी नभएको बताइन्। ‘मलाई थाहा छैन। सभापतिलाई जानकारी होला’, उनले भनिन्। समितिको आइतबार बसेको बैठकमा प्रतिवेदनका विषयमा खास छलफल भएन।

समितिका एकाध सदस्यले आफ्नो अनुकुल हुने गरी राजधानी र नाम तय भएको दावी गरेका छन्। ती सदस्यले प्रदेशको नाम लुम्बिनी र प्रदेश राजधानी रुपन्देहीको सैनामैना क्षेत्र, कपिलवस्तुको वाणगंगा क्षेत्र र दाङको भालुवाङ क्षेत्र तोकेको आजको अन्नपूर्णमा पोस्ट्मा खवर छ ।



प्रतिक्रिया दिनुहोस्