Logo

यी हुन् भारतका हुनेवाला सेनापति



भारतीय सेनामा नयाँ प्रधानसेनापति को हुने निश्चित भएको छ । भारतीय सेनाका उपसेनापति रथी मनोज मुकुन्द नरभाने नयाँ सेनापति बन्ने भएका छन् ।

हालका सेनापति विपित रावत ३१ डिसेम्बरमा सेवानिवृत्त हुँदैछन् । वरिष्ठताका आधारमा १ जनवरीबाट लागू हुनेगरी नरभाने सेनापति बन्नेछन् । उनी अप्रिल २०२२ सम्म सेवामा रहनेछन् । भारतीय सेनामा ६२ वर्ष या तीन वर्षे सेवावधिमा सेवानिवृत्त हुने परिपाठी छ ।

उत्तरपूर्वी भारत र जम्मु काश्मिरमा समेत खटिएका उनी म्यानमामा सैनिक सहचारी बनेर गएका थिए । श्रीलंकामा भारतीय शान्ति सेनामा समेत उनी खटिएका थिए । भारतीय सेनाका सेनापति नेपाली सेनाको मानार्थ सेनापति रहने परिपाठी छ । सेनापति भएपछि उनी नेपाल आउनेछन् ।

पुनेका स्थायी बासिन्दा उनका पिता मुकुन्द नरभाने भारतीय हवाई सेनाका निवृत्त हुन् । उनकी आमा सुधा नरभाने अल इन्डिया रेडियो पुनेकी समाचार वाचिका थिइन् ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्