काठमाडौं, १ पुस । नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले आफ्नो तीनवर्षे कार्यकाल सफल भएको दाबी गरेका छन् । कार्यकाल सकेर स्वदेश फिर्ता हुनुभन्दा पहिले प्राईम टाईम्स टेलिभिजनको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ का लागि पत्रकार ऋषि धमलालाई दिएको ‘एक्सक्ल्युसिभ’ अन्तर्वार्तामा राजदुत पुरीले यस्तो बताएका हुन् ।
उनले आफ्नो कार्यकालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईपटक नेपाल आएको र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली दुई पटक भारत गएको सुनाउँदै मोदी र ओलीबीच सुमधुर सम्बन्ध रहेको स्पष्ट पारे ।
उनले भने,‘नेपाल र भारतबीचको समस्याहरु कुटनीतिक रुपमा समाधान हुन्छ । छिट्टै वार्ता हुन्छ ।’ नेपाल–भारत सम्बन्ध पछिल्लो समय राम्रो रहेको पनि दाबी गरे । नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउनको लागि भारतको पूर्ण साथ र सहयोग रहनेपनि उनले विश्वास दिलाए ।
उनले भने,‘भिजिट नेपाल–२०२० सफल तुल्याउन हामी पूरा लागिपर्छौ । मोदीले जनकपुर र मुक्तिनाथको भ्रमण गरेपछि अहिले ती स्थलमा भारतीय पर्यटक बढेका छन् ।’ महाकाली सन्धि अघि बढाउन भारत तयार रहेको पनि उनको स्पष्टोक्ति थियो । उनले नेपालको विकासमा भारतले सक्दो सहयोग गर्ने दाबी गरे ।




प्रतिक्रिया