Logo

डिजेल र मट्टीतेल प्रतिलटर एक रुपैयाँ वृद्धि



काठमाडौं, १ पौष । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको छ । १ पौषको मध्यरातिबाट लागू हुनेगरी प्रतिलिटर एक रुपैयाँका दरले मूल्यवृद्धि गरेको हो ।

मूल्यवृद्धि पछि डिजेल र मट्टीतेलको खुद्रा मूल्य काठमाडौं, सुर्खेत र दिपायलमा रु ९८, पोखरा र दाङमा रु ९७.५० र तराईका जिल्लाहरुमा ९६.५० प्रतिलिटर कायम भएको छ ।

निगमले इन्डियन आयल कर्पोरेशनले मूल्यवृद्धि गरेपछि मूल्य समायोजन गरेको जनाएको छ । पेट्रोल र हवाई इन्धको मूल्य भने यथावत् रहेको छ ।



प्रतिक्रिया दिनुहोस्