काठमाडौं, ३ पुष । हिजो राती भएको बार्सिलोना र रियल मड्रिडबीचको खेल बराबरीमा रोकिएको छ । बार्सिलोना र रियल मड्रिडबीचको एल क्लासिको भिडन्त गोलरहित बराबरीमा सकिएको हो ।
गत महिना नै हुनुपर्ने स्पर्धा याटालोनिया क्षेत्रमा भएको गिरफ्तारीले स्थगित भएको थियो । सुरक्षलाई मध्यनजर राखी दुवै टोलीलाई एउटै होटलमा राखिएको थियो । खेलसुरुहुन दुई घण्टा अगाडि खेलाडिहरुलाई मैदानमा लागिएको थियो ।
खेल बराबरीमा टुङगिएका कारण सामान अंकका साथ बार्सिलोना शीर्ष स्थानमा कारयम रहेको छ । त्यसैगरि रियल मड्रिड दोस्रो स्थानमा रहेको छ । बार्सा र रियल दुवैले कुल १७ खेलबाट ३६ अंक जोडेका छन् ।




प्रतिक्रिया