Logo

महराको पूनरावेदनको आज सुनुवाई हुँदै



काठमाडौं, ३ पुष । काठमाडौं जिल्ला अदालतको निर्णयविरूद्ध पूर्वसभामुख कृष्णबहादुर महराले दिएको पुनरावेदनको आज सुनुवाइ हुँदैछ। उच्च अदालत पाटनका मुख्यन्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले महराको पुनरावेदन निवेदनमा बिहीबार सुनुवाइ गर्न लागेको हो।

यसअघि महराले आफूलाई थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएका थिए।



प्रतिक्रिया दिनुहोस्