Logo

नागरिकता विधेयकविरुद्ध भारतभर प्रर्दशन चर्किदै



३ पुस । भारतमा जारी गरिएको नागरिकता संसोधन विधेयकका कारण त्याहाँका जनजीवन प्रभावित भएको छ । विधेयक पारित भएकै दिन देखि भारतमा विभिन्न ठाँउमा प्रर्दशन चर्किएको छ । बिहिबार बामपन्थी र अन्य दलहरुले भारत बन्द आयोजना गरेका छन् ।

प्रर्दशनमा रहेका भारतका प्रतिष्ठत व्यक्तिहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । दिल्लीमा प्रर्दशनको अनुमति प्रहरीले दिएको छैन् । यसैक्रममा दिल्लीबाट चर्चित अभियन्ता योगेन्द्र यादव लगायत बेंगलुरुबाट इतिहासकार राम चन्द्र गुहालाई प्रहरीले हिरासतमा लिएको छ ।

दक्षिण कन्नडमा २१ डिसेम्बरसम्म निषेधाज्ञा गरेतापनि वामपन्थी दलले विरोध प्रर्दशन गरेका छन् । त्यसैगरि भारतको विभिन्न राज्यहरुमा प्रर्दशन जारी रहेको छ । प्रर्दशनको क्रममा नयाँ दिल्लीका अधिकांश मेट्रो स्टेशनहरु बन्द रहेको छ भने दिल्लीका इन्टरनेट सेवा समेत बन्द गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्