काठमाडौं, ३ पुष । सूर्यविनायक नगरपालिका वडा नं. ५, कटुन्जे भक्तपुर निवासी यदुनाथ ढुंगेलले आफू जग्गा दलालीको फन्दामा परेर ठगिएको गुनासो गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले यसबारेमा जानकारी गराएका हुन् । ढुंगलले आफूले जापानबाट कमाएर ल्याएको पैसा जग्गा दलाली साथीहरुको लहैलहैमा लागेर गुमाउन पुगेको बताएका हुन् ।
ढुंगेलले लामो समयसम्म रोजगारीको सिलसिलामा जापानमा थिए । जापानमा दुःख गरेर ढुंगेलले पैसा कमाएको थाहा पाएपछि आफ्ना साथीहरु राजु वन, रामेश्वरप्रसाद ढुंगेल र यादवप्रसाद तिमल्सिना पछि लागेको उनले विगत सुनाए ।
ती साथीले जग्गामा लगानी गर्दा तुरुन्तै फाइदा हुने आश्वासन दिएपछि आफूपनि जग्गामा लगानी गर्न ईच्छुक भएको उनले घट्नाक्रम सुनाए । उनकाअनुसार ती ठगहरुले २०६७ सालमा ७६ आना जग्गा किन्ने प्रस्ताव ल्याएका थिए ।
उनले यसरी घट्नालाई सुनाए,‘त्यसमा यदुनाथ पनि सहमत भए । प्रति आना २ लाख ३६ हजार ८ सय ४२ रुपैया एघार पैसाका दरले ७६ आनाको १ करोड ८० लाख मूल्य एकमुष्ट तोकिएको थियो । त्यसलाई चार जनालाई भाग लगाउँदा जनही ४५ लाख पर्न आउने भएपछि मेरो भागमा ४५ लाख परेको थियो । मैले पनि सोहीअनुसार रकम बुझाएँ ।’
उनले आवश्यक (४५ लाख) पैसा बुझाउँदापनि आफ्नो नाममा जग्गा भने ती दलालीहरुले पास नगराएर आफनै नाममा जग्गा पास गरेको पनि सुनाए । ‘हामीमध्ये यदुनाथले आफू ठगिएको भनेर आवाज उठाउन थालेपछि २०६८ साल पुस २२ गते कि.नं. १०८५ बाट ५ आना जग्गा यदुनाथ ढुंगेललाई पास गरियो । त्यतिबेला उनीहरुले बाँकी जग्गा पछि दिने अहिले छुट्टै टुक्रा भएकाले यो पास गरिाल्नुस् भनेर यदुनाथलाई भनेका थिए । एक वर्षसम्म थप जग्गा नपाएपछि उनले ७६ आना जग्गामा मलाई किन ५ आना मात्रै दिइयो भन्दा पहिला साना–साना टुक्रामा भएको जग्गा अहिले प्लटिङ गर्दा बाटो छुट्ट्याउँदा घट्यो भनेर आलटाल गर्न थालेपछि आपूm गठिएको भन्दै भक्तपुर जिल्ला अदालत पुगे ।’-उनले भने ।
आफू दिनदाहाडै ठगिएको पर्याप्त कागजी प्रमाणपत्र लिएर जिल्ला अदालत भक्तपुर पुग्दापनि न्याय नपाएपछि आफू न्यायको खोजीमा सर्वोच्च अदालतसम्म पुगेको पनि उनले सुनाए । तर, सर्वोच्चबाट पनि न्याय नपाएकोले आफू पूनः पाटन पुनरावेदन पुगेको पनि उनले सुनाए ।
उनले भने,‘पाटन पुनरावेदनले पनि मलाई न्याय दिन सकेन । यसरी वर्षौसम्म अदालत धाउँदा पनि न्याय नपाएपछि म पत्रकार सम्मेलन गर्न वाध्य भएको हुँ ।’




प्रतिक्रिया