Logo

ट्रम्पलाई कुर्सीबाट हटाउन यसकारण कठिन



अमेरिकाको तल्लो सदनबाट राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाभियोगको प्रस्ताव पारित भयो । अमेरिकाको इतिहासमा महाभियोग लाग्ने ट्रम्प तेस्रो राष्ट्रपति बनेका छन् ।

सधै विवादास्पद गतिविधि र बोलीले चर्चामा आइरहने ट्रम्प महाभियोग प्रस्ताव तल्लो सदनबाट पारित भएपनि अत्तालिएका छैनन् । उनी झन् कडा बन्दै गएका छन् । ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको र जथाभावी व्यवहार गरेको आरोप लागेपनि उनी आफ्नौ शैली सच्याउने पक्षमा छैनन् । ट्रम्प राष्ट्रपतिबाट हट्ने सम्भावना निकै कम छ ।

तल्लो सदनबाट अभियोग पारित भएपनि माथिल्लो सदन सिनेटबाट पारित हुने असम्भव जस्तै छ । रिपब्लिकन पार्टीको सिनेटमा बहुमत छ । त्यसैले ट्रम्प ढुक्क छन् । राष्ट्रपतिमा यथावत् रहेपनि ट्रम्पमाथि सन् २०२० को राष्ट्रपति चुनावमा धक्का पर्न सक्छ । रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार भई ट्रम्पले राष्ट्रपतिको चुनाव जितेका थिए । उनले हिलारी क्लिनन्टनलाई पराजित गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्