Logo

महराको मुद्दा एक महिनाभित्र किनारा लगाउन उच्च अदालतको आदेश



काठमाडौं, ३ पुष । उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई नै सदर गरेको छ । उच्च अदालतले महराको मुद्दा एक महिनाभित्र किनारा लगाउन पनि आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौंको आदेशविरुद्ध उच्च अदालत गएका महराको मुद्दामा बिहीबार सुनुवाई गर्दै मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले एक महिनाभित्र मुद्दा किनारा लगाउन आदेश दिएको छ ।



प्रतिक्रिया दिनुहोस्