सेनामा यसरी रासन घोटला


काठमाडौं, पुस ४ । जव जव सेनाभित्र रासनको टेण्डर प्रक्रिया सुरु हुन्छ तब तब अनेक विवाद र भ्रष्टचारका प्रकरणहरु बाहिर आउन्छन् । अहिले पनि त्यही प्रकरण दोहरिएको छ । उपत्यका भित्रै रासन धोटना प्रकरण बाहिर आउनुले सेनाभित्रको रासन प्रकरणमा भ्रष्ट्राचार गर्ने प्रवृती यथावत रहेको छ भन्ने प्रष्ट हुदै आएको छ ।

भक्तपुरस्थित विरदल गणको पछिल्लो घटनाले सेना भित्रको रासन अनियमियतालाई प्रष्ट पारेको छ। उक्त गणको गणपतिमा प्रमुख सेनानी शिव पौडेल रहेका छन् । आगामी एक बर्षको लागि हुन लागेको रासन प्रक्रियाको टेन्डर प्रकरणमा झण्डै तीन करोडको फरक देखिएको र यति ठूलो रुपैयाँ परक हुँदा पनि गणका गणपति पौडेल र लेखापालका रुपमा कार्यरत लप्टन समेतको मिलेमतोमा धोटाला हुन लागेको भन्दै उजुरी परेको छ ।

सो गणमा खुलेको रासन ठेक्का प्रक्रियामा सुदन सप्लायर्स १४ करोड २८ लाख ५६ हजार सात सय ६१ , जेनी टे«डिङले १५ करोड ८३ लाख १६ हजार एक सय ३६ रुपैयाँ, श्यामबाबाले १६ करोड ६८ लाख ११ हजार ६ सय ३५, चाँगेस्थानले १६ करोड ७९ लाख ७१ हजार एक सय ८३, सुदिप सप्लायर्सले १६ करोड ८४ लाख ८२ हजार ६ सय ९९, बुद्व प्रिया सप्लार्यसले १८ करोड ७० हजार चारसय ८३ र जोशी सप्लार्यसको १८ करोड ७३ लाख आठ हजार ६ सय ५१ रुपैयाँ टेन्डर हालेका छन् ।
उक्त रासन ठेक्का प्रक्रियामा जिल्ला प्रशासन कार्यालयदेखि कोलेनिका समेतका प्रतिनिधि भएपनि उनीहरुलाई खाममा पैसा हालेर दिएपछि उनीहरुले हस्ताक्षर गरिदिने गरेको कुरामा कसैको दुईमत हुँदैन् ।

ठेकादार नै उनीहलाई खाम बन्दी रकम दिने गरेका छन् । लेखापाल र प्रमुख सेनानी पौडेलको मिलिभगतमा अंगदा खड्काकाम नाममा रहेको विक्रम खाद्या सप्लायर्स लाई उक्त ठेक्का दिनका लागि अन्तिम तयारी समेत भईरहेको छ थाहा भएको छ । त्यस्तै प्रक्रतिको अर्को घटना धादिङको ६ नम्बर बाहिनीमा पनि घटेको छ । आजको जनप्रहारमा खवर छ ।