Logo

अरबमा वर्षा



काठमाडौं, ४ पौष । नायिका वर्षा सिवाकोटी पछिल्लो समय धेरै विदेश सयर गर्ने कलाकारमा पर्छिन् । उनी कहिले यूरोप, कहिले अमेरिका त कहिले खाडी मुलुक पुग्छिन् ।

सिवाकोटी पछिल्लो समय अरबमा रमाइरहेकी छिन् । संयुक्त अरब इमिरेट्समा रमाइरहेकी सिवाकोटीको तस्बिर फेसबुकमा राखेकी छिन् । तस्बिरमा उनी प्रफुल्लित छिन् ।

उनले दु्वैको मिराकल गार्डेनमा आर्कषक ड्रेसमा विभिन्न स्टाइलमा पोज दिएको तस्बिर सामाजिक संजालमा पोस्ट गरेकी थिइन् । उनले आफ्नो सामाजिक संजालमा सेयर गरेको तस्विरमा निकै खुलेकी थिइन् ।

वर्षा पछिल्लो समय चल्तीकी नायिका हुन् । उनीद्धारा अभिनित चलचित्र पशुपति प्रसाद लाई दर्शकले निकै रुचाएका थिए ।

Photo Source: FB



प्रतिक्रिया दिनुहोस्