Logo

पृथ्वीको सबभन्दा नजिकको धूमकेतु



हालै इन्टरस्टेलर धुमकेतुले सौर्य मण्डलको परिक्रमा गरिरहेको छ । धुमकेतु अहिले पूथ्वीको सबै भन्दा नजिक पुगेको छ ।
खगोलविद्हरुले पूथ्वीको नजिक रहेको इन्टरस्टेलर धुमकेतुको तस्बिर लिएको जनाइएको छ ।

टू आई बोरिसोभ नाम गरेको धुमकेतु हाम्रो सौर्यै मण्डल भन्दा बाहिरबाट आएको बिज्ञहरु बताउँछन् । यस अगाडी सन् २०१७ ओमूवामूवा नाम गरेको धूमकेतू हाम्रो सौर्य मण्डलको परिक्रममा गरेको थियो । टू आई बोरिसोभ ओमूवामूवा पछि दास्रो धूमकेतु हाम्रो सौर्य मण्डलको परिक्रमा गरिरहेको जनाइएको छ ।

यसहप्ता सो धूमकेतू पूथ्वीको सबैभन्दा नजिक रहेर परिक्रमा गर्न जनाइएको छ । धूमकेतु नजिक आउने क्रममा यसले आफ्नो पुछ्छरबाट ग्यास र धूलो फल्ने छ । यसको छविलाई हेर्न विज्ञहरुले केक नामको टेलिस्कोप उपयोग गर्नेछ जसले धूमकेतूको बारेमा सम्पूर्ण जानकारी उपलब्ध गराउने क्षमता राखेको छ । विज्ञहरुले लिएको नयाँ तस्बिर सार्वजनिक गरेको छ जसमा सो धूमकेतुको आर्कषक पुछ्छर रहेको जनाइएको छ ।

पुछ्छर करिब एक लाख माइल सम्म बिस्तार हुन सक्ने छ । यसको आकार पूथ्वीभन्दा करि १४ गुणा ठूलो रहेको छ । अर्को मण्डलको धूमकेतु भन्दा पूथ्वी निकै सानो रहेको जनाइएको छ । सो धूमकेतुलाई त्यसकै मण्डलको अर्को ताराले हानेको र त्यस कारण धूमकेतु हाम्रो मण्डलको परिक्रमा गरिरहेको बिज्ञहरु बताउँछन् । यस्को रंग सौर्य जस्तै रातो रहेको छ । त्यस धूमकेतुको सहि आकार अप्रिल २०२० सम्ममा मूल्यांकन गरिने छ । विगतको अध्यनले यस्को प्रकाश र घुमिरहेको अवस्थामा सहि आकार पत्ता लगाउन सक्ने जनाइएको छ । Photo Source : CNN



प्रतिक्रिया दिनुहोस्