Logo

सूर्यको सतहमा नयाँ विस्फोट(भिडियोसहित)



सूर्यको सतहमा अत्याधिक मात्रामा तापमान रहेको कारण यसको निरिक्षण तथा प्रशिक्षण गर्न कठिन रहेको छ । विज्ञहरुले सूर्यको सतहमा कहिल्यै नहुने घटना देखेको उल्लेख गरेका छन् । सूर्यको सतहमा चुम्बकीय विस्फोट भएको जनाइएको छ । नासा सोलार डाइनामिक्सबाट विस्फोटको पत्ता लगाएका हुन् ।

विस्फोट भएको पदार्थ सूर्यको सतहबाट बाहिर गइ रहेको बेलामा विज्ञहरुले हेरको जनाइएको छ । सूर्यको सतहबाट निस्केको पदार्थलाई ख्याती भनिएको छ । सो ख्याती सूर्यको सतहमा मिलेको थियो र सूर्यको चुम्बकीय क्षेत्रले सो ख्यातीलाई तानेको समेत थियो । त्यसकारणले सूर्यको सतहमा चुम्बकीय विस्फोट भएको जनाइएको छ ।

यस्तो प्रकारको विस्फोट चुक्बकीय प्रणालीलाई पुनः जोड्ने कारणले विस्फोट हुने गर्दछ । यस्तो प्रकारको घटनाले विज्ञहरुलाई सूर्यको वरिपरिको वातावरणलाई अध्यन गर्न र अन्तरिक्षको मौसम पत्ता लगाउन सजिलो हुन जनाइएको छ । सूर्यको वरिपरि रहेको चुम्बकीय क्षेत्र रेखाहरु अदृश्य हुने गर्दछ ।

त्यस क्षेत्रको तापमान पनि अत्याधिक हुने गर्दछ । सो क्षेत्रको तापमान करिब १.८ देखि ३.६ मिलियन डिग्री फेरेन्हाइट हुने गर्दछ । सूर्यको तापमान भन्दा सूर्यको वरिपरि रहेको चुम्बकीय क्षेत्रमा बढी तापमान किने हुन्छ भन्ने कुराको अनुसन्धान भइरहेको बिज्ञहरुले जनाएका छन् ।

https://youtu.be/mGkpLKCsMUw



प्रतिक्रिया दिनुहोस्