Logo

चीनको उपग्रह सफलता पूर्वक अन्तरीक्षमा पठाइयो



उपग्रहको निर्माण र सफलता पूर्वक परिक्षण सहित अन्तरीक्षमा पठाउने होडमा विश्वको शक्तिशाली देशहरु लागिरहेको छ । विश्वको सबैभन्दा शक्तिशाली देश चीनले आफ्नो ५२ औँ र ५३ औँ उपग्रहको सफलता पूर्वक परिक्षण गरि अन्तरीक्षमा पठाएको छ ।

उपग्रह चीनले आफै बनाएको र त्यस उपग्रहमा बेइडाउ नेभिगेशन प्रणाली जडान समेत गरिएको जनाइएको छ । गत सोमबार त्यस उपग्रहलाई अन्तरीक्षमा पठाइएको जनाइएको छ । यो मध्यम वर्गिय पूथ्वी कक्ष रहेको जनाइएको छ ।

त्यस उपग्रहले अन्तरीक्षको साथै पूथ्वीको परिक्रमा गर्दै अवलोकलन गर्ने जनाइएको छ । चीनले त्यस उपग्रहलाई सफलता पूर्वक अन्तरीक्षमा पठाएको छ । यो चीनको ठूलो सफलता रहेको जनाइएको छ । Photo Source : Global Times



प्रतिक्रिया दिनुहोस्