Logo

भारतमा जारी विरोध प्रर्दशनमा ज्यान गुमाउनेको संख्या २० पुग्यो



भारतीय सरकारले ल्याएको विवादास्पद नागरिकता संशोधन कानुन पारित भएसंगै भारतमा विरोध सुरु भएको थियो । दुई साता देखि चलिरहेको आन्दोलनमा ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।

शुक्रबार उत्तर प्रदेश राज्यमा आठ बर्षीय बालिका सहित ११ जनाको मूत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । प्रर्दशन दिन प्रतिदिन चर्किदै गएको छ । आठ बर्षीय बालिकाको किचिएर मूत्यु भएको हो । अन्य दस जना प्रहरीको गोलीबाट मूत्यु भएको जनाइएको छ ।

भारतले नोभेक्बर १२ मा अफगानिस्तान, पाकिस्तान र बंगलादेशबाट आएका शरणार्थीलाई नागरिकता दिने कानुन पारित गरेपछि हिंसात्मक प्रर्दशन चर्किदै गएको छ ।



प्रतिक्रिया दिनुहोस्