Logo

भेटिदैनन् हराएका मोबाइल, प्रहरी भने खोजेको खोज्यै



काठमाण्डौ । आजकल प्राय मान्छेले बरु पर्स बोक्न छुटाउँलान् तर मोवाइल बोक्न छुटाउँदैन् । कतिपयले त एउटा होइन २÷३ वटा सम्म मोवाइल बोकेको पाइन्छ । यसरी मोवाइल बोक्ने जमात बढ्दै जादा नेपालमा वार्षिक १९ अर्बको त मोवाइल खपत हुने गरेको छ । मोवाइलको खपत जसरी बढ्दै गएको यो हराउने र चोरी हुने क्रम पनि उत्तिनै बढेको छ ।

नेपाल प्रहरीसँग हराएको मोबाइल पत्ता लगाउने संयन्त्र छ । तर, हराएका र चोरी भएका मोवाइल भने अयन्तै कम मात्रामा भेटिने गरेको तथ्यांकले देखाउँछ । सरदर ९० प्रतिशत हराएका मोवाइल भेटिदैन् । जसका कारण मोवाइल हराएयो भनेर प्रहरीकोमा उजुरी दिन आउनेहरु निराश भएर फर्किने गरेका छन् ।

सिन्धुपाल्चोककी शोभा अधिकारि नख्खुबाट ग्वार्को जाने क्रममा बाटोमा मोवाइल हराइन् । गत जेठ १० गते मोबाइल हराएकी उनले त्यसै दिन मोबाइल हराएको निवेदन महानगरीय प्रहरी परिसर टेकुमा दर्ता गरिन् । प्रहरीको उजुरी दिएपछि मोवाइल भेटिएलाकी भन्ने उनलाई आश लागेको थियो । तर, ७ महिना बित्यो अझै हराएको मोवाइल भेटिएन् ।

महानगरीय प्रहरी परिसर टेकुले उपलब्ध गराएको तथ्याङ्क

ओखलढुङगाका २८ वर्षीय निरन्जन नेपालको पनि असोज १० गते मोबाइल हरायो । उनले आफ्नो मोबाइल गाडीबाट हराएका थिए । मोबाइल हराएपछी असोज १० गते नै उजुरी गरेर निरन्तर फोन गर्दै बुझ्दै गरेको भएपनी मोबाइल फेला नपरेको उनको गुनासो छ ।

सानेपा ललितपुरका ४० वर्षीय अजय डङ्गोलको यही मङ्सिर २९ गते मोबाइल चोरी भयो । चोरि भएको मोबाइल प्रहरीले खोजिदिन्छ भन्ने आशामा छन् । काठमाडौंको टिकाथली मोतिचोकमा पसल गरेर बस्ने ४० बर्षीय रमेश विश्वाकर्माको पनि पिडा उस्तै छ । उनको यही २ गते मोबाइल हराएको थियो ।

मोबाइल हराएपछि उजुरी गर्न पुगेका सेवाग्राही

केहि वर्ष यता मोवाइल हराउने क्रम यति तिब्र बनेको छ की चालु आर्थिक वर्षको पछिल्लो ५ महिनामा मात्रै ६ हजार २ सय ६३ जनाले मोवाइल हरायो भनेर उजुरी गरेका छन् । उजुरी नगर्नेको संख्या यो भन्दा कम छैन् । तथ्यांकले के देखाउँछ भने प्रहरीको मोवाइल खोजतलास कार्यक्रम खासै प्रभावकारी हुन सकेको छैन् । यो कुरा स्वयम महानगरिय प्रहरी परिसर टेकु पनि स्विकार गर्छ । तर खोजी कार्य भने जारी राखिने महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होबिन्द्र बोगटी बताउँछन् ।

महानगरिय प्रहरी परिसर टेकुमा परेको उजुरीलाई मात्रै आधार मान्ने हो भने वार्षिक रुपमा करिब १४ हजार मोबाइल हराउने गरेका छन । उजुरी नगर्नेको संख्या यो भन्दा कम छैन् । यसको अर्थ वार्षिक करिब २५ हजार मोबाइल हराउने गर्छ । हराएका मोवाइलको औसत मूल्य २० हजार नै मानिए पनि वार्षिक रुपमा करीब ५० करोडको मोवाइल हराउने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्