Logo

एमसीसीबाट सहयोग लिन मिल्छ



काठमाडौँ, ६ पुस। नेपाल कम्युनिष्ट पार्टी नेकपाले अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्तरुपमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन आइतबार पारित गर्ने निष्कर्षमा नेतृत्व पुगेको छ ।

छ दिनदेखि जारी स्थायी कमिटीको बैठकमा छलफल बाँकी रहेकाले राजनीतिक प्रतिवेदन र महासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावसमेत आइतबार नै पारित गर्ने तयारी गरिएको छ ।  बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार छलफल जारी रहेकाले राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावसमेत छलफलका आधारमा पारित गरिनेछ । सोही प्रयोजनका लागि नेकपा स्थायी कमिटी बैठक पुनःआइतबार बिहान ११ बजे बस्नेछ ।
त्यसअघि महासचिव पौडेलले आफ्नो धारणा राखेका थिए । सबै सदस्यले राख्नुभएका आआफ्ना धारणाको सम्बन्धमा स्पष्ट पार्न आजै पार्टी सचिवालयको बैठकसमेत बसेको थियो । बैठकमा अध्यक्ष दाहालले स्थायी कमिटी सदस्यले उठाएको जिज्ञासाको जवाफ दिएको थियो । अध्यक्ष दाहालले विभिन्न विषयमा प्रष्ट्याउने र परिमार्जन गर्ने विषयसमेत समेटेको थियो ।

उनले सम्बोधनका क्रममा स्थायी कमिटीको बैठकमा व्यक्त विचारले पार्टीलाई सुदृढीकरण गर्न, एकतालाई तीव्रता प्रदान गर्न, तीनै तहको सरकारलाई प्रभावकारी बनाउन र देशलाई सही दिशामा अघि बढाउन मद्दत पुगेको बताए। अध्यक्ष र महासचिवको प्रतिउत्तर सम्बोधनपछि पनि सदस्यले विभिन्न विषयमा स्थायी कमिटी सदस्यले पूरक जिज्ञासा राखे र तिनलाई थप प्रष्ट्याउने कार्य भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्