दुबईमा इच्छा अवार्ड


काठमाडौं, पुस ६ । अन्तर्राष्ट्रिय अनर अवार्ड इच्छा यूएईको दुबईमा हालै सम्पन्न भएको छ। यूएईको वर दुबईस्थित एभरेस्ट क्लबमा सम्पन्न कार्यक्रममा नेपाली चलचित्र, गीत–संगीत, साहित्य, चित्रकला, खेलकुदलगायतका विविध विधामा अवार्ड प्रदान गरिएको छ।

दोस्रो अन्तर्राष्ट्रिय छायाँछवि अनर अवार्डका अवसरमा संगीतकार शम्भुजित बाँस्कोटालाई संगीत सिताराको उपाधि प्रदान गरिएको छ। मोडल आशिष पुरुष, नृत्यकार दीपक गुरुङ, निर्देशक माधव खरेल, कलाकार श्रीदेव भट्टराई, नृत्य निर्देशक सूर्यकला आचार्यलाई कलाकारिता सम्मान तथा विभिन्न समाजसेवीलाई सामाजिक सेवा सम्मान प्रदान गरिएको थियो।

सोही अवसरमा मोफसल रंग पत्रकारिता पुरस्कारबाट ध्रुवराज न्यौपाने ९दाङ०, प्रवासमा कार्यरत पत्रकार लक्ष्मण खनाल ९दुबई०लाई इच्छा पत्रकारिता सम्मान, कुबेर गिरीलाई रंग पत्रकारिता सम्मान एवं सोनी शर्मालाई इच्छा पत्रकारिता सम्मान प्रदान गरिएको थियो। सोही अवसरमा गीतकार माधव निर्दोर्ष तथा पत्रकाररचलचित्रकर्मी मनोज केसीलाई पनि सम्मान गरियो।

कार्यक्रममा गजल गायनमा बलराम राजवंशीले अनर अवार्ड पाए भने गीतकारमा डीआर उपाध्याय, नवगायक हिमाल श्रेष्ठ, नवमोडल कमला महत ९सोनाक्षी०, गायक मीन गुरुङ, नृत्य निर्देशक सुरेन्द्र बसेल, गायिका सुशीला पाठक, एरेन्जररसंगीतकार योगेश काजीले आधुनिक संगीत विधामा अनर अवार्ड प्राप्त गरे। त्यस्तै लोक संगीततर्फ भने गायक विक्रम राना, मोडल दिपाशा बीसी, नव मोडेल सजिना लामिछाने ९सूर्यकुमारी०ले अनर अवार्ड प्राप्त गरे। त्यस्तै पपुलर संगीततर्फ मोडल दीपेन्द्र सोनाम, नायिकारगायिकाका रूपमा सारिका घिमिरेलाई अनर अवार्ड प्रदान गरियो।

उत्कृष्ट संगीत उत्पादक कम्पनीमा पशुपति म्युजिक प्रालि एवं दशकको अवार्ड लोकसंगीतमा कस्तुपराज पन्त, आधुनिक संगीतमा सन्तोष श्रेष्ठ एवं गीतकारबाट लोकराज अधिकारीले प्राप्त गरे। कार्यक्रममा चलचित्र तर्फ अभिनेत्री वर्षा शिवाकोटी, अभिनेता शीतल केसी, निर्देशक मिलन चाम्स, चरित्र अभिनेता उद्धवप्रसाद भट्टराई, हास्य कलाकारमा गोपाल ढकाल छन्दे, चलचित्र प्रदर्शकमा ओमप्रकाश जैसी काशी सिनेमा, भैरहवा, प्राविधिकतर्फ रेकर्डिस्ट तथा साउन्ड डिजाइनर सुनयमान श्रेष्ठ, टीभीरचलचित्र कलाकारमा ऋतुबहादुर क्षेत्री, रंगमञ्चतर्फ नृत्यांना सुशीला थापा एवं साहित्यतर्फ जे सागर ९दुबई०ले अनर अवार्ड प्राप्त गरेका थिए।अन्नपूणे पोस्ट्बाट