Logo

ललिता निवासको जग्गा प्रकरणमा नेपालसँग गोप्य बयान लिएकै हो त ?



काठमाडौं ६ पुस । ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल तानिएका छन् । अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग गोप्य रुपमा बयान लिएको छ । नेपालसँग सीआईबीले सोधपुछ गरेको छ । नेपालसँग लिखित र मौखिक प्रतिक्रिया लिएको छ ।

नेता नेपालले भने आफुले बयान नदिएको बताएका छन् । रिपोटर्स नेपाल डटकमसँग कुराकानी गर्दै उनले आफुले सीआईबीलाई बयान नदिएको बताए । ‘मैले बयान सयान केही दिएको छैन’ नेपालले भने, ‘तर जग्गा प्रकरणमा केही अधिकारीसँग कुराकानी भएको हो ।’

अख्तियारको टोलीले पूर्वप्रधानमन्त्री नेपालसँग २०६६ चैत र २०६७ वैशाखको मन्त्रिपरिषद् निर्णयबारे अत्यन्त गोप्य रूपमा जानकारी लिएको हो । केही कागजातमा ‘प्रधानमन्त्रीज्यूको निर्देशनमा भन्ने लेखेर प्रस्ताव नै लगेको देखिएकाले मन्त्रिपरिषद्को नेतृत्व गर्ने तत्कालीन प्रधानमन्त्रीसँग सोधपुछ गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्